समाचार
शान्तिपूर्ण रुपमा बाइडेनलाई राष्ट्रपति पद हस्तान्तरण गर्ने ट्रम्पको प्रतिवद्धता
पुस २४, २०७७ शुक्रबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव-निर्वाचित राष्ट्रपति जो बाइडेनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनको २४ घण्टापछि बिहीबार एक भिडियो सन्देशमार्फत शान्तिपूर्ण रुपमा बाइडेनलाई सत्ता सुम्पिने बताउनु भएको हो । प्रतिवद्धतासँगै ट्रम्पले अन्तत: गएकाे नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनकाे जितलाई स्वीकार गर्नुभएकाे छ ।
याे पनि पढ्नुहाेस् ।
ट्रम्पकाे विज्ञप्ति : सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ
अमेरिकाको क्यापिटलमा ट्रम्प समर्थकले मच्चाएको ‘उपद्रो’, के–के भयो ?
‘मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्वाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रीत भएको छ । नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ ’उहाँले भन्नुभएको छ । साथै उहाँले बुधबार भएको घटनाकाे निन्दा गर्नुभएको छ । संसद भवनभित्र भएको हिंसा र अराजकता आपत्तिजनक रहेको ट्रम्पले बताउनु भएको छ ।