अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आज शनिबार पनि बैंक खुल्ने

news

 
  पुस २५, २०७७ शनिबार 
काठमाण्डौ - आज शनिबार पनि बैंक खुल्ने भएका छन् ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् । 
 
कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । 
 
यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ । यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ । 
 
राष्ट्र बैंकले सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...