अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

news

 
 
 
  माघ १, २०७७ बिहिबार 
काठमाण्डाै - आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । 
 
 
योगलाई जीवन विज्ञान र जीवनशैलीका रुपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ । 
 
पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने डाक्टरहरु बताउँछन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्ने बताउनुभएको छ । 
 
योग दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले शारीरिक एवम् मानसिक रुपले स्वस्थ र निरोगी नागरिक समृद्ध नेपाल, सुखी नेपालीको एउटा आधार भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दिवसले योग अभ्यासमा सही ढङ्गले लाग्न र यससम्बन्धी खोज अनुसन्धान गरी तथ्यपरक कुराअगाडि ल्याउन सहयाेग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...