अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

देशका धेरै ठाउँको मौसम बद्ली : काठमाण्डौको तापक्रम ५ .५ डिग्री सेल्सियस

news

 
  माघ २, २०७७ शुक्रबार 
काठमाण्डाै - देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुई/तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद्  विभूति पोखरेलले बताउनुभयो ।
 
 
हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने उहाँको भनाइ छ ।  मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।  
 
मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसमविद् पोखरेलको भनाइ छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
 
हिजो अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम आज १६–१८ सम्म पुग्ने अनुमान गरिएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हिमपात हुने र प्रदेश नं १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...