अहिले तरंगमा

केहि छिनमा

समाचार

प्रधानमन्त्री कप : एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

news

 
 
 
  माघ २, २०७७ शुक्रबार 
दाङ -  आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
 
 
दाङमा महिलाको पीएम कप गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ । 
 
त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदाे माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमकाे सहभागिता रहने क्यानले जनाएको छ ।
 
क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...