अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने, किसान क्रेडिट कार्ड वितरण पनि आजैदेखि

news

 
  माघ ७, २०७७ बुधबार 
काठमाण्डाै – कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ ।
 
 
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
 
आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ । पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ ।
 
यस्तै कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ । क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि सुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...