अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पीएम कप क्रिकेट : नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्दै

news

 
  माघ ७, २०७७ बुधबार 
काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।
 
 
नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहाेरेका छन् ।
 
यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । प्रदेश १ भने दुवै खेलमा पराजित भएको छ । प्रतियोगितामा आज हुने दुवै समूहका खेल बिहान ९ बजे हुने छन् । हिजोको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...