अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज वाग्मती प्रदेशसभाकाे बैठक

news

 
  माघ ९, २०७७ शुक्रबार 
काठमाण्डाै - वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
 
 
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।
 
नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले गएराति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक संचालन गर्न आग्रह गरेको भए पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठ पछि हट्दै आउनुभएको थियो ।
 
प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिने मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले गएको पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
 
प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...