अहिले तरंगमा

केहि छिनमा

समाचार

तत्काल वर्षा नहुने, सुख्खापन र प्रदूषण बढ्याे

news

 
  माघ ११, २०७७ आइतबार 
काठमाण्डाै -  वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ ।
 
 
सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन्  । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
 
उहाँकाअनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनुभयो । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।
 
पानी  परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । अहिले भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...