अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

हिँड्ने ४० जना पक्राउ, निर्धक्क भएर गाडी चलाउन सरकारको आग्रह

news

सडकमा गाडीको संख्या कम, अवरोध गर्दै 
  माघ २२, २०७७ बिहिबार 
काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज कम गाडी चलेका छन् ।
 
सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाण्डाै उपत्यका दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् । बिहान मुख्य नाका नागढुंगा भएर आउने रात्रि सेवाका बस पनि काठमाण्डाै भित्रिएका छन् ।
 
सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन् । काठमाण्डाै उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी गरिरहेको छ । 
 
निर्धक्क भएर गाडी र व्यवसाय  चलाउन सरकारको आग्रह
 
 
 
सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो ।
 
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो ।
 
यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १००  र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...