अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

यमनमा हुथी विद्रोहीविरुद्धको अभियानमा अमेरिकाले गर्दै आएको समर्थन रोक्ने

news

 
 
 
  माघ २३, २०७७ शुक्रबार 
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताउनुभएको छ ।
 
साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उहाँको भनाइ छ ।
 
द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ । तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने राष्ट्रपति बाइडेनले बताउनुभएको छ ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...