अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

news

 
  माघ २५, २०७७ आइतबार 
काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
 
 
पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् ।
 
खेल दिउँसो १२ बजे एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ भने चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैठाैँ स्थानमा छ ।
 
प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका स्याङ्जा खेल्ने छन् ।
 
यो खेल दिउँसो ३ बजे  हुनेछ । पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा छ भने वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...