अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उत्तराखण्ड : बाढीमा हराइरहेकामध्ये १० जनाको शव निकालियो, २५ जनाको उद्धार

news

 
 
 
  माघ २६, २०७७ सोमबार 
काठमाण्डाै - भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको  बीबीसीले जनाएकाे छ ।
 
 
अझै डेढ सयभन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि  प्रहरी, सेना, स्थानीय नागरिकलगायत झण्डै २५० जनाको टोली खटिएकाे छ । 
 
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वा​युसेना तयारी अवस्थामा राखिएको जानकारी गराउनु भएको छ ।  
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
 
यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
 
आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियाे । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...