अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

news

 
  माघ २७, २०७७ मंगलबार 
काठमाण्डाै - घोषित चुनावको तयारी र नेकपा विवादलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ ।
 
 
प्रधानमन्त्री ओली बिहान ११ बजे आयोगमा उपस्थित हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि यही माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो ।
 
आज प्रधानमन्त्री ओलीले आयोगमा गएर आफूहरु नै आधिकारिक नेकपा हो भनेर दाबी गर्नुहुने र चुनावबारे पनि कुराकानी हुने उहाँको सचिवालयले जनाएको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।
 
त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गएको पुस ५ गएकाे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसलगत्तै नेकपा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढिरहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...