अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

'भ्यालेन्टाइन डे' मा टाटाको स्पेशल अफर, ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे आयोजना

news

 
  माघ २९, २०७७ बिहिबार 
काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे याेजना ल्याएकाे छ ।
 
 
आउँदो माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म  थापाथलीमा रहेको टाटा मोटर्सको शोरूममा यस कार्यक्रम आयाेजना हुने भएकाे हाे । ग्राहकरुले यस कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीकाे अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएकाे छ । 
 
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको गाडी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षक प्याकेजहरु समेटिएका छन् ।  
 
टाटा मोटर्सको शोरूम गएर नयाँ गाडी खरिद गर्दा आकर्षक अफर पाउन सकिने छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...