अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निवेदकले बहस गर्ने

news

 
  माघ ३०, २०७७ शुक्रबार 
काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् ।
 
 
कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो । आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।
 
रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ ।
 
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...