अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

नागरिकले गरेकाे विश्वासलाई कायमै राख्न चुनावकाे घाेषणा : ओली

news

 
फागुन ३, २०७७ सोमबार 
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।
 
 
स्वस्थ्य ढङ्गले पार्टी र सरकार चलाउन प्रयास गरे पनि आफ्नै सहकर्मीले चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधि सभा भङ्ग गरेको उहाँकाे दाबी छ । जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणाको गरेको उहाँको भनाई छ ।
 
नागरिकले आफूले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको भन्दै ओलीले भन्नुभयो, ‘तपाईँहरूले जुन जिम्मेवारी दिनुभएको थियो, तपाईँहरू माझ मैले जुन कबुल गरेको थिए, त्यो पूरा गर्न पाइएन । त्यही कारण ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगे र नयाँ कदम चालेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि प्रतिनिधि सभाको विघटन गरेँ ।’
 
उहाँले नेकपाको प्रचण्ड –नेपाल समूहले आफूलाई लाञ्छना लगाउने काममात्रै गरिरहेको बताउनुभयो ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...