अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएपछि बाइडेनको प्रतिक्रिया : ‘प्रजातन्त्रको अवस्था नाजुक’

news

 
 
  फागुन ३, २०७७ सोमबार 
काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातन्त्र ‘नाजुक’ अवस्थामा रहेको बताउनु भएको छ । 
 
 
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएको र यसले प्रजातन्त्र नाजुक अवस्थामा रहेको पुष्टि गरेको बाइडेनको भनाइ छ । संसद भवनमा गएको जनवरी ६ तारिखमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको हात रहेको भन्दै महाअभियोग प्रस्ताव गरिएको थियो । हिंसा मच्याउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा महाअभियोग लागेका पूर्व राष्ट्रपति ट्रम्पलाई माथिल्लो सदन सिनेटले भने राहत दिएको थियो । 
 
महाअभियोगको पक्ष दुई तिहाई नपुगेपछि महाअभियोगबाट ट्रम्प जोगिनु भएको छ । योसँगै अब उहाँले सन् २०२४ मा हुने चुनाव लड्न पाउने हुनु भएको छ । संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...