अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस हुँदै

news

 
 
 
  फागुन ४, २०७७ मंगलबार 
काठमाण्डाै - संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ ।
 
 
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएसँगै आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।
 
एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिश कृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँहरुले प्रतिनिधिसभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यकासाथ स्वतन्त्र विचार दिनुहुनेछ ।
 
हिजो रिट निवेदकबाट जवाफी बहस सकिएको थियो । यसअघि, सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।  
 
गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा केन्द्रीत बहस सुरु भएको हो। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...