अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

महिला लिग : चन्द्रपुर र चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै

news

 
 
 
  फागुन ४, २०७७ मंगलबार 
काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।
 
 
लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले  वालिङ नगरपालिकालाई १-० गाेल अन्तरले हरायो ।
 
राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट मात्रै एक अङ्क टाढा रहेको छ । एपीएफलाई पछ्याइरहेकाे आर्मीले अर्को खेल जितेमा एपीएफले अन्तिम दुई खेलमा एकमा जित निकालेमा च्याम्पियन बन्नेछ । यदि आर्मीले अर्को खेल बराबरी खेलेमा एपीएफ अहिलेको अवस्थामा नै च्याम्पियन बन्नेछ ।
 
१० खेलमा ३० अङ्क बनाएको एपीएफभन्दा आर्मीले पाँच अङ्कले पछाडि रहेको छ । अब आर्मीलाई यो प्रतियोगिताको उपाधि जित्नका लागि एपीएफले बाँकी दुवै खेल हार्नुपर्नेछ भने आर्मीले बाँकी दुवै खेल जित्नुपर्नेछ । भोलि एपीएफ र आर्मीको छुट्टाछुटै समूहसँग खेल रहेकाले लिगको उपाधिको छिनोफानो भोलि नै हुने सम्भावना छ । 
 
यसैबीच विभागीय क्लब एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने सम्भावना रहेकाे छ । लिग अन्तर्गत हिजो नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट लागेकाले खेल गुमाउने सम्भावना रहेको र एमआरआई गरेर हेरेपछि थाहा हुने बताएकी छन् ।
 
सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् । सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...