अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस पराजित, बोरुसिया डर्टमन्ड विजयी

news

 
 फागुन ६, २०७७ बिहिबार 
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् ।
 
गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो ।
 
खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे ।
 
खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।
 
यस्तै, गएराति नै भएको अर्कोे खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभिल्लालाई २–३ गोल अन्तरले पराजित गर्‍याे । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...