अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अहिलेसम्म तीन लाख ४० हजारले लगाए काेराेना विरुद्धकाे खोप

news

 
  फागुन ८, २०७७ शनिबार 
काठमाण्डाै - कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ ।
 
गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।
 
यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो ।
 
यस्तै दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको हो ।
 
अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो २३ गतेदेखि दोस्रो अभियान सञ्चालन गर्ने भएको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।
 
उमेर समूह निर्धारण गरेर त्यसैअनुसार समुदायस्तरमा खोप लगाइने खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । खोप लगाएकै कारण कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या नभएकाले ढुक्क भएर खोप लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...