अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज दिउँसाे आइपुग्ने, ज्येष्ठ नागरिकलाई वितरण गरिने

news

 
  फागुन ९, २०७७ आइतबार 
काठमाण्डाै - भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ ।
 
कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डाै आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 
 
 
खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आउन लागेको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
 
याे पनि पढ्नुहाेस् ।
आइतवार थप १० लाख डोज खोप ल्याइने, पहिलो चरणको अभियान सोमवारसम्म
​बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने उहाँको भनाइ छ । आज काठमाण्डाै आइपुग्ने १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।
 
आउँदाे फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज आउने खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिने मन्त्रालयका सह-प्रवक्ता अधिकारीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...