अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विपन्न देशमा कोभ्याक्स अन्तर्गतकाे खोप वितरण, खोप पाउनेमा घाना पहिलो देश

news

 
  फागुन १३, २०७७ बिहिबार 
काठमाण्डाै - गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ ।
 
कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको हो । कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश बनेको छ ।
 
एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्‍याइएको हाे । त्यहाँ ६ लाख डोज खोप पुगेको बीबीसीले जनाएको छ ।
 
खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब देशमा खोप वितरण गर्ने योजना बनेको हो ।
 
यो योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ भने यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् ।
 
यो योजना अन्तर्गत एक वर्षको अन्तरालमा १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज वितरण गर्ने तयारी छ । कोभ्याक्स अन्तर्गत गरिब देशमा २० प्रतिशत नागरिकका लागि पुग्ने खोप वितरण गरिने छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...