अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा अमेरिकाको आक्रमण

news

 
फागुन १४, २०७७ शुक्रबार 
काठमाण्डाै - अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो।
 
आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख गरिएको छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो ।
 
त्यो आक्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...