अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्कोटलाई उपाधि, दुई लाख हात

 
रेडियो आधिखोला , वालिङ १७ फागुन ।
 
पुतलीबजार नगरपालिका १ मालेबगरमा आयोजना भएको प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि गल्कोट नगरपालिका बाग्लुङले हात पारेको छ । गण्डकी प्रदेश भलिबका क्याप्टेन हरि पाण्डेले नेतृत्व गरेको कालिगण्डकी गाउँपालिकालाई सिधा सेटमा पराजित गर्दै गल्कोटले दुई लाख नगद सहितकप, मेडल र प्रमाणपत्र हात पारेको हो । 
 
लिग चरणमा कालिगण्डकी सगँ सिधा सेटमा पराजित भएको गल्कोटले फाइनलमा बदला समेत लिएको हो । जिल्लाको सार्वधिक राशीको प्रतियोगितामा उपबिजेता बनेको कालिगण्डकीले एक लाख नगदमा चित्त बुझाएको हो । गल्कोटले कालिगडण्कीलाई २५–२३, २५–१४र २५–१८ अंकले पराजित गरेको एशियन भलिबल रेफ्रि टहल सिह थापाले बताउनुभयो । 
 
प्रतियोगितामा तेस्रो बर्दघाट नगरपालिकाले हातपार्दा सान्त्वना चापाकोट नगरपालिका बनेको हो । तेस्रो भएको बर्दघाटले ५० हजार र सान्त्वना बनेको चापाकोटले २५ हजार नगद सहितकप, मेडल र प्रमाणपत्र हातपारेको हो । प्रयिोगितामा बेष्ट प्लेयर गल्कोटका बिमल परियार, बेष्ट सरभर बर्दघाटका लक्ष्मण राना, बेष्ट स्पाइकर कालिगण्डकीका हरि पाण्डे, बेष्ट सेटर गल्कोटका मिन सुनार, बेष्ट क्विकर राजु बिक गल्कोट, बेष्ट डिफेन्डर कालिगण्डकीका धिरेन राना, बेष्ट ब्लकर महेन्द्र श्रेष्ठ चापाकोट भएकाहुन् । 
 
बेष्ट प्लेयरले १५ हजार नगदपाउदाँअन्यले पाचँपाचँहजार नगद सहितकपहातपारेको थापाले बताउनुभयो । फागुन ८ गतेबाट शुरु भएको लिगकम नकआउट प्रतियोगितामा नवपरासी, कास्की, तनहु, पर्वत, वाग्लुङ, रुपन्देही र स्याङ्जाका गरी २१ टिमको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...