अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

बेलायतमा कोरोनाविरुद्धकाे खोपले जटिल बिरामी हुने दर ८० प्रतिशतले घट्याे

news

 
 
 
  फागुन १८, २०७७ मंगलबार 
काठमाण्डाै - बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ ।
 
बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएकाे अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ ।
 
बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको तेश्रो अथवा चौथो हप्तापछि सङ्क्रमण वा जटिल बिरामी हुने जोखिम कम भएको देखिएको हो ।
 
बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड, एष्ट्राजेनिका र फाइजर बायोएनटेकले उत्पादन गरेका खोपको पहिलो डोज लगाएका ८० वर्षमाथिका व्यक्तिमाथि अध्ययन गरिएको बीबीसीले जनाएको छ।
 
दुवै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्राे डोजपछि जोखिम अझै घट्ने देखिएको बेलायती स्वास्थ्य विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बेलायतमा दुई करोडभन्दा धेरै मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...