अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सभामुख र सांसदले आज कोरोनाविरुद्धको खोप लगाउँदै

news

 
 
 
  फागुन १९, २०७७ बुधबार 
काठमाण्डाै - आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।
 
बिहान १० बजे नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् ।
 
सरकारले सबै नागरिकलाई खोप दिने भन्दै थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज खोप खरिद गरेकामा १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप आउन बाँकी छ ।
 
त्यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत अग्रपङ्क्तिमा खटिनेलाई प्राथमिकतामा राखेर लगाएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...