अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन : राष्ट्रसंघ

news

 
 
 
  फागुन २०, २०७७ बिहिबार 
काठमाण्डाै – म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।
 
राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन्  । हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।
 
सुरक्षा फौजले विभिन्न शहरमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको जनाएको छ । नेतृ आङ सान सुकीलगायत नेताको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ५० जना भन्दा धेरैकाे ज्यान गइसकेको बीबीसीले जनाएको छ । सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...