अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै

news

 
  फागुन २१, २०७७ शुक्रबार 
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् ।
 
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
 
कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो ।
 
दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् । सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो ।
 
सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...