अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी

news

 
 
  फागुन २१, २०७७ शुक्रबार 
काठमाण्डाै - न्युजिल्याण्डमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
 
भूकम्पको केन्द्रबिन्दु जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको बीबीसीले जनाएको छ । 
 
तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । 
 
उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन भनेको छ ।
 
भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...