अहिले तरंगमा

केहि छिनमा

समाचार

गल्याङमा भलिबल प्रतियोगिता सुरु

 
रेडियो आधिखोला ,वालिङ २३ फागुन ।
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३ स्थित गल्याङ बजारमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल मगर युवा संघ गल्याङ नगरपालिका वडा नम्बर ३ को आयोजनामा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
आज एक कार्यक्रमको आयोजना गरि भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको समुद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापा मगरले खेलको माध्यमबाट युवाहरुले आफ्नो व्यक्तित्वका साथै समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ नगर अध्यक्ष कुमार रानाले प्रतियोगिताको सफलताको कामना व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा नेपाल मगर संघ स्याङजाका अध्यक्ष विनोद राना, भुपु सैनिक कल्याणकारी कोष स्याङजाका अध्यक्ष सुवेदार चन्द्र बहादुर रखाली, नेपाल मगर संघ गल्याङ नगरपालिका ३ का उपाअध्यक्ष नारायण थापा, गल्याङ चेम्बर अफ कर्मशका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहले ४४ हजार ४४४ रुपैया प्राप्त गर्नेछन् । यस्तै दोस्रो समुहले २२ हजार २२२, तृतिय समुहले ११ हजार १११ र सान्तवना समुहले ५ हजार ५५५ नगद प्राप्त गर्ने छ । यस्तै महिला समुहतर्फ प्रथमलाई १५ हजार, द्धितियलाई १० हजार, तृतियलाई ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको समापन आगामी फाल्गुन २९ गते हुने छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...