अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

news

 फागुन २५, २०७७ मंगलबार 
काठमाण्डौ - निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ ।
 
हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ
 
आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
 
यो मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सर्वोच्चको फैसलासँगै नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...