अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

news

 फागुन २५, २०७७ मंगलबार 
काठमाण्डौ - सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।
 
सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।
 
एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।
 
धुम्बाराहीमा रहेकाे एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेर्ने तयारी भएको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...