अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

मेयर कपअन्तर्गत आज दुई खेल हुँदै

 
  फागुन २५, २०७७ मंगलबार 
 काठमाण्डौ - मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
 
त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे एपीएफ क्लब र वाग्मती प्रदेशबीचको खेल हुँदैछ । यस्तै बिहान पौने ९ बजे नै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ ।
 
हिजो भएको खेलमा त्रिभुवन आर्मीले मेयर-११ लाई ५ विकेटले हराएको थियो ।
 
काठमाण्डौ ११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर पाँच बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टाएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...