समाचार
मेयर कप क्रिकेट : काठमाण्डाै मेयर–११ र नेपाल पुलिस क्लबबीच खेल हुँदै
फागुन २६, २०७७ बुधबार
काठमाण्डाै – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाण्डाै मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा पुलिस र वाग्मतीले जितेका छन् । खेलमा अहिलेसम्म पुलिसले चार अंक जाेडेकाे छ भने काठमाण्डाै मेयरले दुई अंक जाेडेकाे छ । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएको हो भने मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको हो ।