अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे १९ खर्ब डलरकाे काेभिड–१९ राहत प्याकेज पारित

news

 
  फागुन २७, २०७७ बिहिबार 
काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । १.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभ (अमेरिकी कंग्रेसकाे तल्लाे सदन) बाट पनि पारित भएको हो । यसअघि यो विधेयक माथिल्लो सदन सिनेटबाट पारित भएको थियो ।
 
कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताउनुभएको छ । राष्ट्रपति बाइडेनले राहत प्याकेज कार्यान्वयनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनी रूप पाउने छ ।
 
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख ४२ हजारभन्दा धेरैको  ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ ।  
 
बाइडेनले ल्याएकाे राहत प्याकेजअनुसार प्रत्येक नागरिकलाई १४०० डलर दिइने प्रस्ताव गरिएकाे छ । यस्तै बेराेजगारहरूलाई दिने गरिएकाे हप्तामा तीन सय डलरकाे सुविधाले सेप्टेम्बरसम्म निरन्तरता पाउने बताइएकाे छ । 
 
साथै याे प्याकेजले राज्य तथा स्थानीय सरकारलाई तीन सय ५० अर्ब डलर, विद्यालय खुलाउन सहजीकरणका लागि सय ३० अर्ब डलर, कोभिड-१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर र काेराेनाविरुद्धकाे खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउने बताइएकाे छ ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...