अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अपेक्षाअनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने

news

 
  चैत २, २०७७ सोमबार 
काठमाण्डाै - कोरोनाविरुद्धको खोप अपेक्षाअनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।
 
खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।
 
भारतसँग खरिद गरेको २० लाख डोज खाेपमध्ये १० लाख डोज आउन बाँकी रहेको तथा कोभ्यासमार्फत् आउने खोप  र चीनबाट अनुदानको खोप पनि अनिश्चित भएकाले दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने सम्भावना बढेको हो ।
 
स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताउँदै आएको छ । तर खोप नआउँदा अन्याेल बढेको छ । सरकारले यही महिनाभित्र भारतबाट बाँकी १०  लाख डोज खोप आउने बताए पनि निश्चित मिति तोकिएको छैन । यस्तै, कोभ्यासक्समार्फतको खोपको थप १९ लाख डोज मे महिनामा भित्रने भनिए पनि मिति तोकिएको छैन ।
 
अहिले सरकारले ६५ वर्षभन्दा माथिका समूहलाई खोप दिइरहेको छ । तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक र १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।
 
यसैबीच सरकारले निजी क्षेत्रलाई खोप आयातको लागि खुला गरेको छ । औषधि व्यवस्था विभागले सूचना निकालेर इच्छुक उत्पादक, कम्पनी, आयातकर्ता र बिक्रेतालाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...