समाचार
म्यानमारमा सेनाकाे ज्याजती बढ्दाे, एकैदिन ३८ जना प्रदर्शनकारीकाे ज्यान गयाे
चैत २, २०७७ सोमबार
काठमाण्डाै - म्यानमारमा सेनाको 'कू' को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ ।
म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको ज्यान गएको बताएका छन् ।
सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।