समाचार
'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै
चैत २, २०७७ सोमबार
काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् ।
यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्ने छन् । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।