अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालुवाटारमा एमालेको चियापान : खनाल-नेपाल समूह नजाने

news

 
  चैत ३, २०७७ मंगलबार 
काठमाण्डाै - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
 
सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ ।
 
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ ।
 
मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको हो । तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ ।
 
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।
 
खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...