अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमण, ५८ जनाको ज्यान गयो

news

 
 
  चैत ४, २०७७ बुधबार 
काठमाण्डाै – अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजाे मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो ।
 
बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।
 
नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेकाे बीबीसीले उल्लेख गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...