अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा काेराेना सङ्क्रमण दर उच्च, निर्णायक कदम चाल्न मोदीको निर्देशन

news

 
  चैत ५, २०७७ बिहिबार 
काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।
 
भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गर्नुभएको बीबीसीले जनाएको छ ।
 
छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिनुभयो ।
 
१ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रमितमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले तत्काल निर्णायक कदम चाल्न भन्नुभएको हो ।
 
यो पटक केही साना सहरहरुमा समेत आरडीटीपीसीआर परीक्षण बढाउनुपर्ने भन्दै उहाँले सबै राज्यमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । भारतका विभिन्न सहरमा पछिल्लो समय अस्वाभाविक रुपमा कोरोना सङ्क्रमण बढिरहेको छ ।
 
भारतमा अहिलेसम्म १ करोड १४ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...