अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

एमालेको केन्द्रीय कमिटी बैठक आज, सहभागीताका लागि नेपाल पक्षको शर्त

news

 
काठमाडौं, चैत ७ गते । नेकपा (एमाले)को संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकमा सबै सांसद तथा केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको भएपनि खनाल–नेपाल पक्षले बैठकको लागि शर्त अगाडि सारेको छ ।
 
वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठकले संसदीय दलको बैठक सिंहदरवारस्थित दलको कार्यालय र केन्द्रीय कमिटी बैठक धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आयोजना भएमात्र बैठकमा सहभागी हुने जनाएको छ । केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार सो पक्षको बैठकले पार्टीको बैठक बालुवाटारमा राख्न उचित नरहेको ठहर गरेको छ ।
 
संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा राखेपनि आफूहरुले बैठकमा उपस्थित हुनेबारे विचार गर्ने सो पक्षको बैठकले निर्णय गरेको छ । बालुवाटारमा पार्टीको बैठक आयोजना गरेर पार्टीलाई निजीकरण गर्न खोजिएको आरोप समेत खनाल–नेपाल पक्षका नेताहरुले लगाउनुभएको छ ।
 
यसअघिको अभ्यास पनि संसदीय दलको बैठक दलको कार्यालय वा संसद भवनमा बस्ने रहेको र पार्टी केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालयमा बस्ने रहेको सो पक्षका नेताले टिप्पणी गरेका छन् । गत फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने पनि सो पक्षको बैठकले निर्णय गरेको केन्द्रीय सदस्य रिजालले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।
 
एमालेको संसदीय दलको बैठक आज विहान १०ः३० बजेका लागि बोलाइएको छ । त्यसैगरी केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजेका लागि बालुवाटारमा बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...