अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली

news

 
  चैत ८, २०७७ आइतबार
काठमाण्डाै - काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।
 
प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्।
 
तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई-मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।
 
सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...