अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोरोना सङ्क्रमण फैलिएपछि भारतको गुजरातमा भेला भएर पर्व मनाउन रोक

news

 
  चैत ९, २०७७ सोमबार 
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण  तिब्र गतिमा फैलिए पछि भारतको गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ ।
 
गुजरातका उप मुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको बताउनु भएको छ । उहाँले भीडभाड नगरी सीमित व्यक्तिसँग मात्रै होली खेल्न अनुमति दिइएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
 
होलीमा रङ्ग खेल्न समेत रोक लगाइएको छ । कोरोनाका कारण भारतका ६ राज्य नराम्ररी प्रभावित भएका छन् । महाराष्ट्र, पञ्जाब, केरला, कर्नाटक, गुजरात र मध्यप्रदेशको अवस्था गम्भीर बन्दै गएको खबरमा उल्लेख छ ।
 
कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणको दायरा बढाइएको छ । त्यहाँ एकै दिन ११ लाख ३३ हजार भन्दा धेरैको परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म एक करोड १६ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण  पुष्टि भएको छ । यसमध्ये एक करोड ११ लाख भन्दा धेरै निको भएका छन् भने एक लाख ६० हजार भन्दा धेरैको ज्यान गएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...