अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो, मेस्सीको कीर्तिमान

news

 
  चैत ९, २०७७ सोमबार 
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गाेल अन्तरले हराएको छ ।
 
गए राति भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई/दुई तथा एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक/एक गोल गरे । सोसिडाडका एण्डरले एक गोल फर्काए । 
 
याे सँगै लियाेनल मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान समेत बनाएका छन् । उनले क्लबबाट ७ सय ६८ खेल खेलेका हुन् । जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ । सोसिडाड ४५ अंकसहित पाँचौं स्थानमा छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...