अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्रले रणनीति बनाउँदै

news

 
 
  चैत १०, २०७७ मंगलबार 
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
 
पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
 
सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।
 
पटक–पटक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन । नयाँ सत्ता गठबन्धनबारे स्पष्ट आधार तयार नभएको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।
 
सरकार गठनका लागि नयाँ गठबन्धन पनि बनाउन नसक्ने, सरकारमाथि आरोप थोपर्ने अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको भन्दै माओवादी केन्द्र आलोचित बन्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...