अहिले तरंगमा

केहि छिनमा

समाचार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने

news

 
चैत १०, २०७७ मंगलबार 
काठमाण्डाै - प्रतिनिधिसभा बैठक बस्दै छ ।
 
दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
 
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
 
 
 
प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद सचिवालयले जनाएको छ।
 
त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...