अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विश्व मौसम दिवस : नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन

news

 
  चैत १०, २०७७ मंगलबार 
काठमाण्डाै - ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ ।
 
मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् ।
 
जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको छ ।
 
जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो । पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उहाँले बताउनुभयो ।
 
उहाँकाअनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ । यसैबीच, मौसमविद्ले् अहिले प्रि-मनसुनको समय भएकाले यो सिजनमा हुन सक्ने प्राकृतिक विपदबाट जोगिन व्यक्ति आफैँलाई सचेत हुन सुझाव दिएका छन् ।
 
प्रि-मनसुनमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहितको वर्षा हुने गर्दछ । चट्याङ्ग लागेर ज्यान जाने खतरा धेरै भएकाले चट्याङ पर्ने दिउँसोपछिको समयमा सकेसम्म खेतबारीमा काम नगर्न उनीहरुको सुझाव छ  ।
 
आज पनि पहाडी केही क्षेत्रमा दिउँसोपछि चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...